बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठराई गाउँपालिका-२ खाम्लालुङका ५६ वर्षीय चक्रबहादुर फोम्बोविरूद्ध पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय आठराई सङ्क्रान्तीमा उजुरी दिएका छन् ।
पीडित बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको र कसैलाई भने मारी दिने धम्की दिएको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
बलात्कारको घटना गाँउमै मिलाउन लागेको अवस्थामा महिला अधिकार मञ्च खाम्लालुङका सदस्यहरूको सहयोगमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले बताए ।
सदरमुकाम म्याङलुङ्बाट ६३ किलो मिटर टाढा आठराई सङ्क्रान्तीमा उजुरी परेकाले पीडित बालिकालाई जिल्ला अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गर्न अझै २ दिन लाग्ने डिएसपी भुजेलले बताए । फरार आरोपितलाई हुलियाको आधारमा खोजी थालिएको डिएसपी भुजेलले बताए ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाम ०८१ मङ्सिर…
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…