बलात्कार घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

२० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीस्थित धरान नपाका ३५ वर्षीय हेमराज लिम्बुलाई  मङ्सिर १ गते महमाई गाविसबाट गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएको थियो ।

आरोपितविरुद्ध मङ्सिर २ गते जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।


कोकिला ढकाल