बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता गराएको छ ।

पीडित महिलालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए ।

घटना भएको दिनदेखि नै फरार रहेका आरोपितको खोजी र घटनाको अनुसन्धान गरिरहेको डिएसपी ढकालले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला सामुदायिक अस्पताल, बेसीँशहरमा गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।


दलबहादुर मजाकोटी