बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१४ वर्षीया बालिका आफन्तबाटै बलात्कार भएर पेटमा ६ महिनाको गर्भ रहेपछि पीडितकी आमाले जेठ १४ गते जिल्ला प्रहरी कार्यालय इलाममा आरोपितविरूद्ध उजुरी दिएकी छन् ।
नाताले मामा, काकाका छोरा दाजु र फुपूका छोराहरूबाट पटकपटक बलात्कार भएको थाह भएपछि उनीहरू विरूद्ध उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् । आरोपितहरूलाई गिरफ्तार गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
कक्षा ६ मा पढ्दै गर्दा छारे रोगले सताएपछि विद्यालय जान छाडेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी आफन्तहरूले मोवाइल चार्ज गर्ने बहाना बनाउँदै आएर बलात्कार गर्ने गरेको पीडितकी आमाले आरोप लगाएकी छन् । छोरीलाई लागेको छारे रोगको उपचार गर्न अस्पताल लाँदामात्रै पिसाब जाँच गर्ने क्रममा गर्भ देखिएपछि मात्र उनी बलात्कार भएको परिवारले जानकारी पाएको थियो ।
पीडित बालिकाका अनुसार आफू नौ वर्षको हुँदा देखि नाताले मामा पर्ने व्यक्तिले बलात्कार गर्ने गरेका थिए । अन्यले पनि पटकपटक घरमै आएर बलात्कार गर्ने गरेका थिए । अहिले ६ महिनाको गर्भ रहेपछि बालिकालाई अब के गर्ने भन्ने विषयमा डक्टरमै भर परेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका अध्यक्ष श्रवणकुमार तिम्सिनाले बताए ।
समितिको जेठ १४ गते बैठक बसेर बालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डाक्टरको सल्लाह अनुसारनै उनको उपचारको व्यवस्था मिलाउनु पर्ने अवस्था रहेको प्रजिअ तिम्सिनाको भनाई छ ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…