बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका-५ का ४४ वर्षीय रामबाबु घिमिरेविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबाबु साहले जानकारी दिए ।

आरोपितलाई प्रहरीले जेठ ६ गते गिरफ्तार गरेर अनुसन्धान थालेको इन्स्पेक्टर साहले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते जिल्ला अस्पतालमा गरिएको छ ।


नवदीप श्रेष्ठ