बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा मालारानी गाउँपालिका-९ का २८ वर्षीय लोकेन्द्र भुसालविरूद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले चैत १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १९ गते प्रहरीमा उजुरी दिएको थियो ।

आरोपितलाई चैत २२ गते नै गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदिपकुमार डिसीले जानकारी दिए ।

पीडितको घर प्यूठान भएकोले फाल्गुन २२ गते प्यूठान जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ ।


नारायण भुसाल