बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७३ कात्तिक ९ गते

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्फाबुङ गाविस-८ का ३२ वर्षीय मेहरमान सम्बाहाम्फे विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ८ गते उजुरी दर्ता गरिएको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको आरोपमा कात्तिक ७ गते दिएको उजुरी कात्तिक ८ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णुबहादुर खड्काले बताए ।

पीडित महिलाले प्रहरीमा मौखिक उजुरी दिएको आधारमा आरोपितलाई कात्तिक ७ गते गिरफ्तार गरी अनुसन्धान थालिएको सई खड्काले बताए ।

पीडित महिलाको उपचार र स्वास्थ्य परीक्षण कात्तिक ७ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ ।


मङ्गल बेघा