बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका २६ वर्षीय शेषबहादुर कार्कीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको र पछि डर त्रास समेत देखाएको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई चैत १० गते गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरी जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते जिल्ला अस्पताल तम्घासमा गरिएको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…