बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बारबर्दिया नपा-६ निवासी २८ वर्षीय शिक्षक रामबहादुर थारु विरुद्ध पीडित पक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय बनियाभारमा उजुरी दर्ता गरेका छन् ।

बारबर्दिया नपास्थित अंशुवर्मा माविका शिक्षक रहेका आरोपितले फागुन ९ गते बालिकालाई विद्यालयबाट ललाईफकाई आफैसँग लगि पटकपटक बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

पीडित पक्षले बालिकाको खोजी र शिक्षकलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी चौकी जयनगरमा फागुन १० गते उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई फागुन ११ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बनियाभारले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण फागुन १३ गते जिल्ला अस्पताल गुलरियामा भएको थियो ।

घटनाको विषयमा पीडित पक्षले दिएको उजुरी दर्ता गर्नुको साथै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बनियाभारका इन्स्पेक्टर हस्तबहादुर सुनारले बताए ।


मानबहादुर चौधरी