बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ माघ २८ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ ।

आरोपित बेल्दारले ०८१ माघ १२ गते पीडित युवतीलाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

घटना पश्चात आरोपित बेल्दार फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर बालिसटर सिंहले जानकारी दिनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण माघ २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह