बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

  ०८१ माघ १२ गते

३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो ।

पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते मौखिक उजुरी गरेपछि आरोपितलाई माघ १० गते नै प्रहरीले गिरफ्तार गर्‍यो ।

महिलाको स्वास्थ्य परीक्षण माघ ११ गते पशुपति चौलागाई स्मृति अस्पताल, चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल