बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०८१ पुस २५ गते

२७ वर्षीय महिलालाई पुस १३ गते बलात्कार गरेको आरोपमा सिन्धुपालचोक जिल्ला भोटेकोशी गाउँपालिका-३ का ३९ वर्षीय श्यामलाल तामाङविरुद्ध जिल्ला प्रहरी परिसरमा पुस २१ गते पीडित पक्षले उजुरी दिएको छ ।

पीडित पक्षले उजुरी दिएपछि आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरी परिसरका सहायक हवल्दार घनश्याम ठगुन्नाले जानकारी दिनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण पुस २१ गते भक्तपुर अस्पतालमा गरिएको छ ।


जमुना भट्टराई