बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई ०८१ असार १० गते बलात्कार गरी गर्भवती बनाउने भारत, रक्सौल घर भई पनौती नपा-७ स्थित एक ग्यारेजमा काम गर्ने १९ वर्षीय विकास निशादविरुद्ध पुस १८ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दर्ता भएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १७ गते धुलिखेल अस्पतालमा गरिएको छ । स्वास्थ्य परीक्षणमा २५ हप्ताको गर्भ देखिएको छ ।
पनौतीको जात्रा हेर्न जाँदा विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।
पीडित बालिकालाई जिल्लास्थित एक सेवा केन्द्रमा राखिएको छ । अरोपित फरार भएकाले खोजतलास भइरहेको डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।
सुमित्रा आचार्य
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…