बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०८१ मङ्सिर १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले मङ्सिर १६ गते उजुरी दर्ता गर्‍यो ।

घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह