बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ कात्तिक ३० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर्वा नगरपालिका-५ का २८ वर्षीय विनोद मण्डलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ कात्तिक २७ गते उजुरी दिनुभएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले कात्तिक २७ गते उजुरी दर्ता गर्‍यो ।

घटनापश्चात आरोपित मण्डल फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह