बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुम जिल्ला छथर गाउँपालिका स्थायी घर भइ खोटाङ, केपिलासगढी गाउँपालिका-७ मा बस्दै आएका २२ वर्षीय विपिन श्रेष्ठविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
बालिकालाई पटकपटक र अन्तिम पटक ०८१ असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।
पीडित पक्षले आरोपितविरूद्ध उजुरीलगत्तै आरोपित फरार भएको र खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जु कार्कीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २१ गते गरिएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-६ का २१ वर्षीय हरि खड्कालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक…
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…
जिल्ला अस्पतालको अक्सिजन प्लान्ट मर्मत नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सिजन प्लान्ट बिग्रिएको दुई महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा स्वासप्रस्वार तथा दमलगायतका बिरामीहरु मर्कामा परेका छन् । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी दुई महिनासम्म…
तीन महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे आधारभूत विद्यालय तीन महिनादेखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएर…
उद्योगबाट निस्कने खरानीयुक्त धुलोले प्रदुषण फैलिएको भन्दै स्थानीय धर्नामा
देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगबाट निस्किएको धुलोले प्रदुषण फैलिएको भन्दै यसको नियन्त्रणको माग राख्दै स्थानीयले उद्योग परिसरमा कात्तिक २५ गते धर्ना दिएका छन् । उद्योग वरपरका स्थानीयले उद्योगबाट निस्कने…