बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ असोज ८ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-६ का २३ वर्षीय गोपाले भनिने गोविन्द चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८१ असोज ६ गते उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितले ०८१ भदौ १३ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

घटनापछि आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह