बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ भदौ २० गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा रामगोपालपुर नगरपालिका-३ दोलाठीका ५० वर्षीय उमेश मण्डलविरुद्ध ०८१ भदौ १९ गते पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।

पीडितलाई साउन १८ गते आराेपितले विभिन्न प्रलोभन देखाएर आफ्नो घरमा लगि बलात्कार गरेको पीडितले बताउनु भयो । त्यसैबीच, पीडितको हात नजिकको टेबलमा रहेको विजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागि दाँया हातको औंलाहरू जलेको पीडितले बताएकाे जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिनु भयो ।

आरोपितले पीडितलाई उपचारकाे लागि रामगोपालपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । साेही क्रममा प्रहरीलाई घटना शङ्कास्पद लाग्दा प्रहरीले युवतीलाई सोधपुछ गर्दा पीडितले घटनाबारे जानकारी दिए लगतै आरोपितलाई गिरफ्तार गरेको एसपी पाेखरेलले बताउनु भयाे ।

पीडितकाे स्वास्थ्य परीक्षण भदौ १८ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।


ममता विश्वकर्मा