बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१५ वर्षीया बालिकालाई ०८१ असार १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–२ घर भई पनौती नगरपालिका–५ बाँसघारी कोठागरी बस्ने ४३ वर्षीय नारायण भनिने डिल्लाविक्रम लामिछानेविरूद्ध साउन २८ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ साउन २८ गते धुलिखेल अस्पतालमा गरिएको छ ।
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी आत्महत्या गर्न बाध्य बनाएको आरोपमा गिरफ्तारीमा परेका आरोपितविरूद्ध मृतक बालिकाकी दिदीले बलात्कार आरोपमा उजुरी गरेकी हुन् ।
पीडित बालिकाले साउन ११ गते झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनायो । मृतकको शवको पोष्टमार्टम धुलिखेल अस्पतालमा साउन १२ गते गरिएको थियो ।
आरोपितलाई आत्महत्या दुरुत्साहन मुद्दामा साउन २४ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदीले बताउनु भयो ।
सुमित्रा आचार्य
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…