बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

  ०८१ साउन २२ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ ।

बालिकालाई ०८१ साउन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते उजुरी दर्ता गराएको इन्स्पेक्टर विनलाल शाहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २१ गते गरिएको छ ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।


इवारा जवेगु लिम्बू