बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ असार १८ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-४ का २४ वर्षीय महेश कुमार चौधरीविरुद्ध पीडित पक्षले ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिनु भएको छ ।

आरोपितले जेठ २६ गते पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको बताउनु भयो ।

घटनापछि आरोपित चौधरी फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह