बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ असार १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-६ का २५ वर्षीय सविन भनिने सविन्द्र कार्कीविरुद्ध ०८१ असार १६ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

आरोपितले जेठ २३ गते पीडित बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको पीडितकी दिदिले बताउनु भयो ।

पश्चात आरोपित कार्की फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह