बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

एक ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा असोज ३० गते नवमीडाँडा गाविस-५ का ५३ वर्षीय गणेश लिम्बूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

पीडित महिला बिरामी भएको बेला झारफुक गर्ने बहानामा असोज २६ गते आरोपितले बलात्कार गरेको पीडितले आरोप लगाइन् ।

पीडित महिलाको उजुरीका आधारमा असोज २८ गते आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रिपेन्द्रकुमार सिंहले बताए । सरकारी विदाका कारण म्याद थप गर्न एक दिन ढिला भएको इन्स्पेक्टर सिंहले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण तथा उपचार असोज २९ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ ।


मङ्गल बेघा