बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१० थापा गाउँका २५ वर्षीय अनुरुध महतोविरुद्ध ०८१ जेठ २१ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनु भएको छ ।
आरोपितले जेठ ८ गते काम छ भनी पीडितलाई घरबाट बोलाई आफ्नो मोटरसाइकलमा बसाइ घर नजिकै रहेको क्रसर मिलमा लगी प्रलोभन तथा डर त्रास देखाइ बलात्कार गरेको पीडितका पतिले बताए ।
घटनालाई गाउँमै मिलाउन खोजिएको थियो । तर, गाउँमा नमिलेपछि जेठ २१ गते पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर सुर्य बहादुर रानामगरले जानकारी दिनु भयो । उजुरीपश्चात आरोपितको खोजतलास र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर रानामगरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…