बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-४ का २४ वर्षीय अनिल पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ जेठ १३ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितले जेठ ४ गते धाकधम्की तथा प्रलोभनमा पारी बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितका दाजुले बताउनु भयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह