बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-२ का २२ वर्षीय सुजित यादव भनिने सुजितकुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ जेठ १३ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितले जेठ २ गते घरमा कोही नभएको अवस्थामा धाकधम्की दिई बलात्कार गरेको र अश्लिल फोटो समेत खिचेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितका बुबाले बताउनु भयो ।

घटनापछि आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह