बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई फागुन २१ गरे बलात्कार गरेको आरोपमा पीडित पक्षले गौरीशङ्कर गाउँपालिका-३ का २३ वर्षीय छिरिङ शेर्पाविरुद्ध फागुन २३ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको छ ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन २२ गते घरैबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ परीक्षण फागुन २३ गते पशुपति चौलागाईं स्मृति अस्पतालमा गरिएको छ ।

 


उद्धव पोखरेल