बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८० फागुन १८ गते

३५ वर्षीया महिलालाई अर्नमा गाउँपालिका—२ का २५ वर्षीय शेखर शर्मा बरहीले बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० फागुन १७ गते उजुरी दिइन् ।

आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन १७ गते भयाे ।

आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।


दुर्गा परियार