बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका-१ नयाँगाउँ राहालेका ३३ वर्षीय टिकाबहादुर बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कात्तिक २७ गते उजुरी दर्ता गराएका छन् ।

पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते घरमा लगेर बलात्कार गरी कसैलाई नभन्न भन्दै पैसा समेत दिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए ।

आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गङ्गाबहादुर थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते जिल्ला अस्पताल तम्घासमा गरिएको छ ।


टोपलाल अर्याल