बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०८० असोज १९ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का २२ वर्षीय सन्तोष आर्चायविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०८० भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध प्रहरीमा असोज १४ गते उजुरी दिएको हो ।

आरोपितविरुद्ध पीडित पक्षले उजुरी दिएको भएपनि ढिला गरी उजुरी भएका कारण आरोपित फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टिकाराज बरालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १७ गते गरिएको छ ।

१७ वर्षीया बालिकालाई ०७९ चैत १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले हलेसी तुवाचुङ नगरपालिका–७ का २२ वर्षीय किरण राईविरुद्ध असोज १५ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षले ढिलो गरी उजुरी गर्दा आरोपित फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टिकाराज बरालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १६ गते गरिएको छ ।

प्रहरीले दुवै घटनामा ढिला गरी उजुरी परेका कारण त्यसको कारणको समेत अनुसन्धान सुरु गरेको छ ।


तारानाथ फुयल