बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०८० भदौ १९ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले लिखु गाउँपालिका-३ का २२ वर्षीय बलबहादुर जोगीविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले ०८० साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० भदौ १६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास राईले बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १६ गते गरिएको छ ।


सरस्वती बानिया