बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई अर्नमा गाउपालिका–१ का १९ वर्षीय रविन्द्र मुखियाले बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा असार १२ गते उजुरी दिए ।

आरोपितले बालिकालाई ०८० जेठ ६ गते बलात्कार गरेकोे पीडित बालिकाले बताइन् । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार १२ गते भयो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।


दुर्गा परियार