बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०८० वैशाख २६ गते

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धिचरण नगरपालिका–४ चार्खूका ३० वर्षीय राजन राईविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो ।

पीडितलाई आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित युवतीकी ४५ वर्षीया आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २५ गते गरिएको छ ।


सरस्वती बानिया