बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०८० वैशाख २१ गते

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले ०८० वैशाख १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनु भयो ।

छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको पीडितका ४४ वर्षीय बाबुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १८ गते गरिएको छ ।


तारानाथ फुयल