बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०८० वैशाख १५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिनगर गाउँपालिका–४ हरिनगराका २३ वर्षीय चन्दनकुमार मेहताविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख १३ गते उजुरी दिएको डिएसपी राजकुमार राईले बताउनु भयो ।

उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १३ गते गरिएको छ ।


जयकृष्ण यादव