बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राजविराज नपा-८ का ४० वर्षीय लक्ष्मण यादवलगायत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २५ गते उजुरी दिएको छ ।
पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज २५ गते उपचार तथा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि सुरक्षित आश्रय सेवा केन्द्रमा रहेकी पीडितको अवस्था चिन्ताजनक रहेको सेवा केन्द्रकी मनोविमर्शकर्ताले बताएकी छिन् ।
साथीसँग डेरा बहालका लागि कोठा खोज्न गएका बेला आरोपितले असोज २४ गते साँझ कुटपिट गरी नियन्त्रणमा लिएको र आरोपितको सहयोगीले बाहिरबाट ढोकाको चुकुल लगाई दिएको पीडितले बताइन् ।
प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिए पनि मुख्य आरोपित फरार रहेकोले खोजीकार्य भइरहेको एसपी मुकेशकुमार सिंहले बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…