बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७९ चैत ६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला विरेन्द्र नगरपालिका-१६ घर भई जिरी नगरपालिका-१ बस्ने २९ वर्षीय गोबिन्द बहादुर वलीविरुद्ध पीडित पक्षले ०७९ चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितले पीडित बालिकालाई ललाई फकाई फागुन १८ गते जिरी नगरपालिका-५ एक होटेलमा बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् ।

पीडितको स्वास्थ्य परीक्षण चैत २ गते पशुपति स्मृति अस्पताल चरिकोटमा गरियो ।

आरोपित वली फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो ।


उद्धब पोखरेल