बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७९ पुस १ गते

५४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का ४० वर्षीय शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २९ गते उजुरी दर्ता भएको छ ।

अपाङ्गता भएकी महिलालाई मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

बलात्कार घटनाका आरोपित खड्कालाई प्रहरीले मङ्सिर २८ गते नै गिरफ्तार गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा मङ्सिर २८ गते गरिएको छ ।


नवदीप श्रेष्ठ