बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पीडितले छिपहरमाई गाउँपालिका–४ बन्जारी घर भई वीरगंज महानगरपालिका–१४ पिप्रामा डेरा गरी बस्ने २७ वर्षीय अर्जुन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ १५ गते उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपित यादवले आफ्नै डेरामा राखी फागुन महिनादेखि बलात्कार गर्दै आएकोमा पछिल्लो पटक ०७९ साउन २५ गते बलात्कार गरेको पीडतले आरोप लगाएकी छिन् ।
आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्तीकरणी मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ । बलात्कार घटनाका पीडित महिला गर्भवती छिन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १५ गते वीरगंजको नारायणी अस्पतालमा गरिएको छ ।
पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपित यादव ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी नविन बुढाथोकीले जानकारी दिनु भयो ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २०…
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…