बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७९ असार १५ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले बालिकालाई असार १३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १३ गते नारायणी अस्पताल वीरगंजमा गरिएको छ ।

आरोपित फरार रहेकाले खोजी कार्य रहेको जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिनु भयो ।


कृष्णचन्द्र लामिछने