बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७९ जेठ १० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २१ वर्षीय शिवनारायण मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जेठ ९ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले ललाइफकाई डरधाक देखाई नियन्त्रणमा लिएर वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म घरमा बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा जेठ ७ गते उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी जेठ ९ गते उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ७ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।


मनोहरकुमार पोखरेल