बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७९ वैशाख २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१८ का २५ वर्षीय सञ्जय यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख २६ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २६ गते गरिएको छ ।

आरोपित फरार रहेकाले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।


दुर्गा परियार