बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७९ वैशाख ११ गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा औरही गाउँपालिका–३ का ५१ वर्षीय मिथिलेश चौधरीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १० गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले वैशाख ९ गते बलात्कार गरेकाले कारवाहीका लागि उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख १० गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीका अनुसार आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको छ ।


दुर्गा परियार