बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७८ चैत १२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा चैत १० गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा कारवाहीका लागि उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १० गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले आरोपित ‘फरार’ रहेकाले खोजी कार्य जारी राखिएको बताउनु भएको छ ।


दुर्गा परियार