बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७८ चैत ६ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला सुरुगा नपा–२ का २५ वर्षीय देवराम महतोविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा चैत ३ गते उजुरी दिएकी छन् ।

Promo-03

पीडित युवतीलाई आरोपितले फागुन १७ गते बलात्कार गरेको र घर परिवारसंग सल्लाह गर्दा उजुरी दिन ढिला भएको पीडितले बताइन । पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा चैत ३ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालले आरोपित ‘फरार’ रहेकाले खोजी भरहेको बताउनु भयो ।


दुर्गा परियार