बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ हाल काठमाडौ बस्ने ३२ वर्षीय पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा फागुन १५ गते पीडित पक्षले उजुरी दर्ता गराएको छ ।
पीडितलाई आरोपितले २०७७ चैत ७ गते गैंडाकोट स्थित एक रिर्सोटमा बलात्कार गरेको पीडित पक्षले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लक्ष्मी पाण्डे खनालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पीडितले आरोपितविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा समेत उजुरी दर्ता गराएकी छिन । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार रहेको आरोपितलाई फागुन १५ गते गिरफ्तार गरेको छ ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…