बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७८ पुस १ गते

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका‒ ३ जलजलेका ३५ वर्षीय डम्बर लिम्बुविरूद्ध पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर देवीदन्त मोतेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १ गते गरिएको छ ।


सुरेश खत्री