बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७८ पुस ५ गते

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढी उपमहानगरपालिका–४ का ४२ वर्षीय केदारसिंह कुँवरविरुद्ध पुस ३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरेका छन् ।

मङ्सिर २८ गते आफूमाथि बलात्कार गरिएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितले दिएको उजुरीपछि आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली पठाइएको भएपनि आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको डिएसपी जोशीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी