बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २० गते गते उजुरी दिएको छ ।

उजुरी आएपछि बलात्कार घटनाको अनुसन्धान थालिएको र आरोपित दुई जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले जानकारी दिनु भयो ।

16 days campaignNepali

इन्सेक प्रतिनिधिलाई पीडितले आरोपितको नाम उपलब्ध गराएपनि सुरक्षाका कारण भन्दै प्रहरीले गिरफ्तार र गिरफ्तार गर्न बाँकी सबैको नाम सार्वजनिक नगर्न आग्रह गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २० गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


बुधन साह