बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७८ मङ्सिर ९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीका २५ वर्षीय सुमन रानामगरविरूद्ध मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

16 days campaignNepali

पीडित बालिकालाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ८ गते गरिएको छ ।


गणेश विष्ट